काठमाडौं । नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् । उनले भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।
बाघलाई हायनाहरूले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो।’ समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ ।
उनले लेखेकी छिन्, ‘मधेसमा दुईजना महिला प्रतिनिधि जित्नु सानो कुरा होइन । सम्पूर्ण कम्रेडहरूलाई शुभकामना ।’
Leave a Reply