काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीवार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई पराजित गरेको छ ।
कतारको अल जनुब मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले पराजित गरेको हो ।
स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले ४८ औँ मिनेटमा गोल गरे ।
आजको जितसँगै समूह ‘जी’ मा तीन अङ्क जोडेर स्विट्जरल्यान्ड शीर्ष स्थानमा पुगेको छ ।
Leave a Reply