काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धन र एमाले-राप्रपा नेपालको गठबन्धनलाई चकित पार्दै जित हासिल गरेका हुन् ।
सिंह २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २५ हजार ४३४ मत प्राप्त गरिन् ।
सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे । लामो समय राप्रपाको नेतृत्व गरेका कमल थापाले केही अघि सो पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए ।
तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए । हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे । अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे ।
Leave a Reply