Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जीतपछि रवि लामिछानेले भने – निर्वाचित हुनु भनेको विजयी हुनु होइन, जाँच दिन जान सक्षम हुनु मात्रै हो

    जीतपछि रवि लामिछानेले भने – निर्वाचित हुनु भनेको विजयी हुनु होइन, जाँच दिन जान सक्षम हुनु मात्रै हो

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 939
    SHARES

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् ।

    चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताए।



    उनले भनेका छन्, ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ ।’



    लामिछानेले अहिले कुनै विजय र्‍याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्‍याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्‍यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् ।

    उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताए ।

    लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’

    उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् । सभा हुने ठाउँहरूमा २ वटा बाकस हुने र एउटा बाकसमा समस्या र अर्को बाकसमा बाकसमा उजुरी, समस्या, सुझाव राख्न आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार