Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • गोरखा-२ बाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड विजयी

    गोरखा-२ बाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.4K
    SHARES

    गोरखा । गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।

    २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् ।



    उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याए । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३९३ मत प्राप्त गरे ।



    गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १२४ बदर भएको बताइएको छ ।

    तर निर्वाचन आयोगले भने मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार