Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गिरीको घरमा कालोझण्डा, संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही

    गिरीको घरमा कालोझण्डा, संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 5.3K
    SHARES

    काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्को संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा कालोझण्डा राखिएको छ ।

    विशालनगरस्थित गिरीको घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको तर, तत्कालै प्रहरी पुगेर कालोझण्डा हटाइसकेको छ ।



    स्रोत र प्रमाण नपुगेको भन्दै उनले व्यक्तिगत रुपमा प्रस्ताव खारेज गर्न माग गरेकी छन् । सोही विषयलाई लिएर पार्टीले समेत संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइसकेको छ ।



    बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा संगठनले सांसद गिरीलाई कारबाही गर्न माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार