Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • पाटन अस्पतालको अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा डाक्टर पक्राउ

    पाटन अस्पतालको अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा डाक्टर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 4.1K
    SHARES

    काठमाडौं। महानगरिय प्रहरी परिसर ललितपुरले पाटन अस्पतालको आइसियूबाट अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा डाक्टर प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मालाई पक्राउ गरेको छ  ।

    पक्राउ परेका डाक्टर डिएन्डबी मेडिकेयर बर्दिबासमा कार्यरत र शर्मा बर्दिबासकै अस्पतालमा कार्यरत अहेव रहेको खुलेको छ ।



    कम्पनीबाट मेसिन मर्मत गर्न आएको भन्दै आइसियूमा छिरेर उनीहरूले चोरी गरेको प्रहरीको भनाइ छ ।



    करिब २१ लाख रुपैयाँ पर्ने सो पोर्टेबल अल्ट्रासाउन्ड मेसिनलाई  उनीहरूले चोरी गरेको प्रहरीले जनाएको छ । महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले उजुरी गरेको थियो ।

    प्रहरीले चोरी गरिएको मेसिन  बरामद गरी उनीहरूलाई चोरी मुद्दामा कारबाही अघि बढाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार