Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सोवितासँगको हारपछि ओनसरी भन्छिन्- एकपटकको हारले जिम्मेवारी समाप्त हुँदैन

    सोवितासँगको हारपछि ओनसरी भन्छिन्- एकपटकको हारले जिम्मेवारी समाप्त हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 660
    SHARES

    काठमाडौं । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् ।

    काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी घर्तीले आफ्नो हारलाई स्भाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् ।



    ‘निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, यसलाई मैले स्वाभाविक रुपमा लिएकी छु । आवधिक निर्वाचनमा एकपटको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हॅुदैन र हुन पनि सक्दैन । आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिकाको इतिहासमा सदैव लिपिबद्ध भई नै रहने छ । आगामी दिनमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन,’ घर्तीले सामाजिक सञ्जालमा लेखेकी छन् ।



    उनले काठमाडौं २ आफ्नो कर्मथलो भइसकेको बताउँदै पाँच वर्ष त्यहीँको विकास र जनताको जीवनस्तर उकास्न लागिपर्ने उल्लेख गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार