काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ६ सय बढी मतले पछि परेका छन्।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ५ हजार ५६८ मत ल्याउँदा कार्कीले ४ हजार ९४९ मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठ ७५९ मतसहित तेस्रो स्थानमा छन्।
यसअघिको निर्वाचनमा यो क्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्की नै विजयी भएका थिए।
Leave a Reply