Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कर्णाली दुर्घटना अपडेट : २ को मृत्यु, ६ जना वेपत्ता, ३१ को जीवितै उद्धार

    कर्णाली दुर्घटना अपडेट : २ को मृत्यु, ६ जना वेपत्ता, ३१ को जीवितै उद्धार

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कर्णाली नदिमा खस्दा २ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् ।

    दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।



    कालीकोटको लालीघाट नजिकै जिते बजारबाट भारतबाट आएका ३९ जना यात्रुलाई रासकोटमा रहेको क्वारेन्टिनतर्फ लैजाँदै गर्दा ना८ख ५१३३ नम्बरको टिपर आज बिहान नरहरीनाथ गाउँपालिकामा कर्णालीमा खसेको थियो ।



    प्रहरीले वेपत्ता भएकाहरुको खोजी भइरहेको जनाएको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

    उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार