काठमाडौं। न्युरोडका कपडा व्यवसायीले सुरक्षित ढंगबाट पसल /व्यवसाय खोल्न पाउनु पर्ने माग राख्दै प्रदर्शन गरेका छन् ।
लकडाउन भएको झन्डै तीन महिना हुन लाग्दा पनि सरकारले अन्य विकल्पको खोजी नगरेको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । कपडा व्यवसायीले बुधबार बिहान पसल खोलेका थिए ।
अत्यावश्यक सामग्रीबाहेकको पसल खोल्न नदिने सरकारको निर्णयअनुसार प्रहरीले पसल बन्द गर्न लगाएका थिए ।
प्रहरीको हस्तक्षेप मान्दै व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले ‘रहरले होइन बाध्यताले आएको हौँ, ७४ दिनसम्म लकडाउन सरकारी तयारी खोइ ?, घरभाडा मिनाहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
Leave a Reply