रसुवा । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा मोहन आचार्य निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्य नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका भएका हुन् ।
उनले एमालेका तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गरे । आचार्यले १८ हजार २३५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तामाङले ८ हजार ६१४ मत प्राप्त गरे ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाले ७५ मत ल्याए ।
आचार्य २०७४ को निर्वाचनमा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
Leave a Reply