Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • योगी आदित्यनाथलाई प्रधानमन्त्रीको जवाफ- नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन

    योगी आदित्यनाथलाई प्रधानमन्त्रीको जवाफ- नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति जायज नभएको बताएका छन्।

    संसदमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले योगी आदित्यनाथले नेपाललाई धम्काउन खोज्नुभएको हो भने त्यो निन्दनीय रहेको जनाए ।



    प्रधानमन्त्री ओलीले योगी आदित्यनाथको अभिव्यक्तिलाई नेपालमाथिको अपहेलनाको रुपमा लिने समेत उल्लेख गरे । उनले भने, ‘नेपाल हेपिन तयार छैन। हेपिन मान्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु।’



    योगी आदित्यनाथले नेपाल र भारतबीचको सीमालाई लिएर  भारतको समाचार संस्था ‘आइएएनएस’सँगको साक्षात्कारमा नेपालले तिब्बतले जस्तै गल्ती दोहोर्‍याउन नहुने बताएका थिए ।

    २०७३ सालमा अन्तर्राष्ट्रिय विराट हिन्दु महासंघको सम्मेलनमा सहभागी हुन नेपाल आएका आदित्यनाथले पृथ्वीनारायणले बनाएको नेपालको हिन्दु राष्ट्र नेपालको पहिचान समाप्त पार्ने प्रयास भइरहेको विवादास्पद अभिव्यक्ति दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार