Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • अर्जेन्टिना फिफा विश्वकप २०२२ को पहिलो खेलमै पराजित

    अर्जेन्टिना फिफा विश्वकप २०२२ को पहिलो खेलमै पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 699
    SHARES

    एजेन्सी । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

    मङ्गलवार लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गोल अन्तरले पराजित गरेको हो ।



    पहिलो हाफमा १–० ले पछि रहेको अवस्थामा साउदीले दोस्रो हाफमा २ गोल फर्कायो ।



    अर्जेन्टिनाका लागि लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गोल गरे ।

    पहिलो खेलमै पराजित भएपछि सन् १९८६ पछि पहिलो विश्वकपको उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार