Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘भारतले सेना परिचालन गरेर कब्जा गरेको नेपाली भुमि फिर्ता ल्याइन्छ’

    ‘भारतले सेना परिचालन गरेर कब्जा गरेको नेपाली भुमि फिर्ता ल्याइन्छ’

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक प्रयासबाट भारतसंग वार्ता गरि गुमेको भुमि फिर्ता ल्याउन सकिनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

    भारतीय पक्षले सेना राखेर कब्जा जमाएको भूभाग फिर्ता ल्याउन खोजिएको वताउँदै उनले  लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्र फिर्ता ल्याउन मुख्य पहल गरेको उल्लेख गरे ।



    बुधबार संसदमा सांसदहरुलाई जवाफ दिंदै प्रधानमन्त्री ओलीले यो क्षेत्रमा भारतले सेना नै राखेर ठुलो भूमि कब्जा गरेको जस्तो अवस्था अन्य क्षेत्रमा नभएकाले अहिले तत्काल यस क्षेत्र फिर्ता ल्याउन सरकारले पहल गरेको भनाई वताए ।



    सुस्तालगायत अन्य क्षेत्र लिम्पियाधुरा, लिपुलेख र कालापानी जस्तो धेरै भुभाग कब्जामा परेको नभएको भन्दै अन्य विषयमा पनि क्रमशः कुरा गर्दै जाने बताए ।

    हाल प्राथमिकतामा परेको आधारमा कब्जा नै भएको क्षेत्र फिर्ता ल्याउने विषयमा सरकार केन्द्रित रहेको प्रधानमन्त्रीले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार