Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोनाका कारण महत्वपूर्ण चाडवाडसमेत प्रभावित हुन सक्छ : प्रधानमन्त्री (लाइभ)

    कोरोनाका कारण महत्वपूर्ण चाडवाडसमेत प्रभावित हुन सक्छ : प्रधानमन्त्री (लाइभ)

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा खरिद गरिएका स्वास्थ्य सामग्रीमा कुनै पनि अनियमितता नभएको बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले स्वास्थ्य सामग्रीमा खरिदमा अनियमितता भएको भए कारबाही गर्ने पनि बताए ।



    सम्बोधनका क्रममा ओलीले कोरोनाको संक्रमण बाँध फुटेर एक्कासि बाढी आए जसरी आएको बताउँदै यसको नियन्त्रण र रोकथाममा ठूलो चुनौती थपिएको बताए ।



    विश्वमा अनुमान गरिएको जसरी साउनबाट कोरोना क्रमशः घट्नेतर्फ जाने हुन पनि सक्ने र नहुन पनि सक्ने भएकाले नेपालीको महत्वपूर्ण चाडवाडसमेत प्रभावित हुन सक्नेतर्फ तयार रहनुपर्ने उनको भनाइ छ ।

    अबको परिस्थितिमा युवालाई कृषितर्फ लगाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । विदेशबाट फर्कने युवाहरूलाई कृषितर्फ उन्मुख गराउनुपर्नेमा उनले जोड दिए ।

    त्यसैगरी प्रधानमन्त्रीले संविधान संशोधनका विषयमा संघीय संसद् प्रतिनिधिसभामा राजनीतिक दलहरूबीच असाधारण राष्ट्रिय एकता देखा परेको बताए ।

    प्रधानमन्त्री ओलीले भने–‘हिजो संसदमा साधारण राष्ट्रिय एकता देखियो, जो अत्यावश्यक छ । आजका हाम्रा अगाडि रहेका विभिन्न चुनौतीहरूको सामना गर्न राष्ट्रियताको सवालमा कोरोनाको सवालमा र यसले उत्पन्न गरेका विभिन्न जटिलता र अप्ठेराहरूको समाना गर्न तयार छौं भन्ने देखिएको छ ।’

    नेपालको राष्ट्रियताको बारेमा संसद बाहिर पनि एकता देखा परेको प्रधानमन्त्रीको भनाइ छ ।

    प्रधानमन्त्रीले भने–‘हाम्रा पुर्खाले यो देश लडेर बनाएका हुन्, बचाएका हुन् । आज हामी अडे मात्रै हाम्रो भौगोलिक अखण्डता स्थापना गर्न सक्छौं । आज अड्ने कुरामा एकता देखिएको छ । संसदले जनताको भावना मुखरित र प्रतिबिम्बित गरेको छ ।’

    प्रधानमन्त्रीले संसदमा गरेका सम्बोधन्र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार