Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नेपालीलाई उद्दार गरेर फर्कदै गरेको टिपर कर्णालीमा खस्यो, २ जनाको मृत्यु

    नेपालीलाई उद्दार गरेर फर्कदै गरेको टिपर कर्णालीमा खस्यो, २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ ।

    दुर्घटनामा परी दुई जनाको मृत्यु भएको खबर प्राप्त भएको छ भने चार जना घाइते भएका छन् ।



    कालीकोटको लालीघाट नजिकै जिते बजारबाट यात्रु लिएर रासकोटतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर आज बिहान नरहरीनाथ गाउँपालिकामा कर्णालीमा खसेको हो ।



    जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएपसी श्यामबाबु औलियाका अनुसार टिपरमा ३९ जनाभन्दा बढी सवार भएको अनुमान गरिएको छ ।

    उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिप्पर खसेको छ । टिप्पर झन्डै ३ सय मिटरमाथिबाट खसेको हुनसक्ने पनि उनले बताए ।

    घटनाको थप विवरण भने आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार