डडेल्धुरा । डडेल्धुरामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ ।
पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम छन् ।
पछिल्लो मतपरिणाम अनुसार १९ हजार ५९६ मत गणना हुँदा देउवा ९ हजार ७७३ मत ल्याए । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ ल्याउँदै देउवालाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले २ हजार ६९४ ल्याए । देउवा र सागरबीच ४ हजार ५८० मतको अन्तर छ । देउवा डडेल्धुराबाट २०४८ सालयता लगातार चुनाव जित्दै आएका छन् ।
Leave a Reply