काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै थपलियाले यस्तो बताएका हुन् ।
उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरे ।
आठ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।
Leave a Reply