Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • धनुषामा गोली प्रहार गरी युवकको हत्या, प्रहरीले थाल्यो अनुसन्धान

    धनुषामा गोली प्रहार गरी युवकको हत्या, प्रहरीले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम ।  धनुषाको सबैला नगरपालिका वडा नम्बर ७  घर भएका युवकमाथि गोली हानी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २५ वर्षीय अरुण कुमार मण्डललाई कन्चटमा गोली हानी हत्या गरिएको हो ।

    आफ्नो घरदेखि करिब १ सय मिटरको दुरीमा रहेको पोखरीको डिलमा आज बिहान मण्डल मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो।



    बिहानै पुगेका प्रहरीले शवको प्रकृति अनुसार उनको कन्चटमा गोली हानी हत्या गरिएको देखिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैनन्।



    पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थप भन्न सकिने प्रहरीको भनाइ छ। गोली कसले र किन हन्यो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार