काठमाडौं । धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि स्थानीयहरु आक्रोशित बनेका छन् ।
धनुषाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नम्बर १२ बस्ने २४ वर्षीय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले बरकुर्वा सडक अवरुद्ध गरेका छन् भने इलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोडसमेत गरेका छन् ।
उनीहरु छानविनको माग गर्दै तोडफोड उत्रिएपछि प्रहरीले आश्रुग्यास र एक राउण्ड हवाई फायर समेत गरेको छ।
आन्दोलनकारीले प्रहरी चौकीमा समेत ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।
Leave a Reply