Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सरिता गिरी पदमा बस्न नमिल्ने भन्दै युवा संघले दियो कडा चेतावनी

    सरिता गिरी पदमा बस्न नमिल्ने भन्दै युवा संघले दियो कडा चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २८ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  संगठन राष्ट्रिय युवा संघ नेपालले जनता समाजवादी पार्टीको  तर्फवाट सांसद रहेकी सरिता गिरीमाथि कानुनी कारवाहीको माग गरेको छ। संघले राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति कडा आपत्ति जनाउंदै कारवाहीको माग गरेको हो।

    संघका संयोजक रामप्रसाद सापकोटा तथा सहसंयोजक रमेश पौडेलद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा सांसद गिरीले राष्ट्रियताविरुद्ध दिएको अभिव्यक्ति प्रति कडा रुपमा आपत्ती जनाउँदै नेपालको संविधान अनुसार पदमा बस्न नमिल्ने उल्लेख गरेको छ ।



    संघले सम्बन्धीत पार्टीले तत्काल कारवाही नगरे संघले कानुनी उपचारको बाटो खोज्ने समेत चेतावनी दिएको छ । विज्ञप्तीमा भनिएको छ,-‘ संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने सपथ खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार