Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ७७ मध्ये ५ जिल्ला कोरोना संक्रमण मुक्त, कुन जिल्लामा कति संक्रमित (संख्यासहित)

    ७७ मध्ये ५ जिल्ला कोरोना संक्रमण मुक्त, कुन जिल्लामा कति संक्रमित (संख्यासहित)

    कुमार भण्डारी
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 7.3K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट शुरु भइ विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी नेपालमा पनि फैलिरहेको छ ।

    पहिलो पटक २०७६ माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । आज जेठ २७ गते १३८ दिनसम्म आईपुग्दा नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने कोरोनाकै कारण १५ जनाले ज्यान गुमाइसकेका छन् ।



    नेपालमा हालसम्म ७२ वटा जिल्लमा कोरोना संक्रमण फैलिएको छ । ४ हजार ८५ संक्रमितमध्ये ५८५ जना निको भएर घर फर्केका छन् ।



    कर्णाली प्रदेशको हुम्ला, गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, बागमती प्रदेशको रसुवा र प्रदेश २ को ओखलढुंगामा हालसम्म संक्रमित भेटिएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार