Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

    काठमाडौं क्षेत्र नं. ७ को मतगणना जारी, १ को पनि सुरु गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 765
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ ।काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो।

    जुडो हलका चार स्थानमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय सहमतिका आधारमा मतगणना थालिएको हो ।



    मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एकरएक जना प्रतिनिधिलाई सहभागी गराइएको छ ।



    काठमाडौं क्षेत्र नं-७ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी अस्मिता सिंह ‘मानुषी’ यमि भट्टराई, नेकपा एमालेका श्यामकुमार घिमिरे, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरलगायत प्रतिस्पर्धामा छन् ।

    यसैगरी काठमाडौं क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु गर्ने तयारी छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

    काठमाडौं(१ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम लगायत प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार