Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • ६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण,४ जिल्लाका १५ स्थानमा स्थगित

    ६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण,४ जिल्लाका १५ स्थानमा स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 855
    SHARES

    काठमाडौं । कतिपय मतदान केन्द्र बाहेक मुलुकभर आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक प्रक्षेपण गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाले कतिपय ठाउँको एकिन संख्या आइनसकेकाले केहि संख्या बढ्ने सक्ने बताए । सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए ।



    आयोगले अनुमान गरेको भन्दा थोरै मात्र मतदान भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए ।

    सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एकरएक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् ।

    निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए । यसअघि २०७४ सालको निर्वाचनमा ६८ प्रतिशत भोट खसेको थियो ।

    त्यसको तुलनामा अहिलेको मतदान ८ प्रतिशत न्यून हो । यसले मतदाताहरू चुनावमा भोट हाल्न निरुत्साहित बन्दै गएको देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार