Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • गृहसचिव विनोदप्रकाश सिंहले भने – मतपेटिका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन राखिएको छ

    गृहसचिव विनोदप्रकाश सिंहले भने – मतपेटिका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन राखिएको छ

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 801
    SHARES

    काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताएका छन् ।

    आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उनले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताए ।



    अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको उनको भनाइ छ । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरु भइसकेको बताए ।



    उनले भने, ‘शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन हामीले व्यवस्था गरिरहेका छौँ ।

    निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक हामी पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ ।

    ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटीका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ।’

    गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए । उनले मतपेटिका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार