Online Nepal
  • बुधबार, २ माघ २०८१
  • मतदानपछि ओलीले भने – मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउछ

    मतदानपछि ओलीले भने – मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउछ

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 828
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन् ।

    आइतबार अपरान्ह बालकोटमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने, ‘चुनावले राम्रो नतिजा आउने अपेक्षा गरेको छु । तरपनि युवाहरूलाई आवेग र भावनामा बगाउने खालका प्रयास भएका छन् । तर सचेत नेपाली जनताले परास्त गरेको देख्छु ।’

    ओलीले मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई पनि आग्रह गरेका छन् । उनले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको पनि बताए ।

    उनले रौतहट, रोल्पा, चितवन लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आफूले पाएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार