बाजुरा । बाजुराको ५ वटा मतदानस्थलको मतदान कार्य स्थगित भएको छ ।
मतदानस्थलमा गठबन्धन र एमालेका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको हो ।
बुढीगंगा नगरपालिका,बुढीनन्दा नगरपालिका त्रिवेणी नगरपालिका,स्वामीकार्तिकमा रहेका ५ वटा मतदानस्थलको मतदान अहिले रोकिएको छ ।
विवाद उत्पन्न भएपछि केही मतदानस्थलमा सुरक्षकर्मीले हवाई फ़ायर गरेको थियो ।
अहिले अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
Leave a Reply