Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • गृहसचिव विनोदप्रकाश सिंहले भने – सुरक्षा व्यवस्था कडा पारेका छौँ, ढुक्कसँग मतदान गर्नुहोस्

    गृहसचिव विनोदप्रकाश सिंहले भने – सुरक्षा व्यवस्था कडा पारेका छौँ, ढुक्कसँग मतदान गर्नुहोस्

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

    मन्त्रालयले निर्वाचनका लागि देशभर आवश्यक तयारी सकिएको र सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको बताएको हो ।



    गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताए ।



    उनले निर्वाचनलाई कुनै पनि किसिमको अवरोध हुन नदिनको लागि सम्पूर्ण निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीहरू परिचालन गरेको बताए ।

    उनले भने, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेका छन् । सुरक्षा व्यवस्थालाई पनि चुस्त दुरुस्त राखिएको छ ।

    सम्पूर्ण सुरक्षा भरपर्दो, चुस्त दुरुस्त पारिएको छ । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू निर्वाचनको लागि सम्पूर्ण रूपमा निर्वाचन क्षेत्रमा खटिसक्नुभएको छ ।

    सबै ठाउँमा निर्वाचनलाई कुनै पनि किसिमको अवरोध नहुने गरी र निर्वाचन सहज हुने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । मतदातालाई बिहान ७ बजेदेखि ५ बजेसम्म देशभरका विभिन्न मतदान केन्द्रमा हुने मतदान ढुक्क भएर गर्न आग्रह गर्दछु ।’

    गृह मन्त्रालयले आज काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लाका अति संवेदनशील मतदान केन्द्रको अवलोकन एवं निरीक्षण गरेको थियो । आइतबार (भोलि) देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार