Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • भोट हाल्न भारतबाट फर्कंदै गरेका वृद्ध मृत फेला

    भोट हाल्न भारतबाट फर्कंदै गरेका वृद्ध मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 780
    SHARES

    डोटी । डोटीको जोरायल-३ तोडेगडाका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

    अन्दाजी ६० वर्षका हिरालाल वली मृत फेला परेका हुन् ।



    भारतको सिम्लामा काम गर्दै आएका वली निर्वाचनमा मतदानका लागि घर फर्किने क्रममा जोरायल गाउँपालिका ३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतमा बाटोको छेउमै मृत भेटिएका प्रहरीले जनाएको छ ।



    उनको साथमा झोला र नजिकै मदिराको बोत्तल पनि रहेकोले मदिरा सेवन गरी राती जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

    घटना हिजो राती भएको हुनसक्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार