Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • निर्वाचनमा तटस्थरूपमा पर्यवक्षेण गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

    निर्वाचनमा तटस्थरूपमा पर्यवक्षेण गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 912
    SHARES

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा तोकिएको कार्यक्षेत्रमा तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गरेका छन् ।

    शुक्रबार आम निर्वाचन पर्यवेक्षण समितिले काठमाडौंमा गरेको निर्वाचन पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा थपलियाले यस्तो बताएका हुन् ।



    उनलेपर्यवेक्षणले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोगलाई नै सहयोग पुग्ने भएकाले तटस्थ र व्यावसायिकरुपमा पर्यवेक्षण गर्न आग्रह गरे।



    पर्यवेक्षणका क्रममा देखिएका त्रुटी लगायतका विषय तत्कालै आयोगलाई जानकारी गराए निर्वाचनलाई थप स्वच्छ बनाउन मद्धत पुग्ने उनको भनाई छ ।

    थपलियाले मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको जानकारी दिए । त्यस्तै, थपलियाले निर्वाचनको शान्त तलाउलाई दुषित बनाउने दुस्साहस नगर्न समेत आग्रह गरे ।

    उनले निर्वाचनलाई सम्पन्न गर्नका लागि कानूनको पालना गर्नसमेत आह्वान गर्दै कानूनले कसैलाई ठूलो वा सानो नभन्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार