Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • नेपाल वायुसेवा निगमलाई उड्डयन प्राधिकरणले भन्यो – अलपत्र यात्रुलाई भोलि नै गन्तव्यमा पुर्‍याउनु

    नेपाल वायुसेवा निगमलाई उड्डयन प्राधिकरणले भन्यो – अलपत्र यात्रुलाई भोलि नै गन्तव्यमा पुर्‍याउनु

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 816
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

    यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पुर्‍याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो ।



    निगमको मङ्सिर १ गते (बिहीबार) को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो ।



    टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नरहेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए ।

    प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ,‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९को काठमाडौंदेखि दोहा तथा उडान

    नम्बर आरए २२९ को काठमाडौं–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ। ’

    अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार