Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ४० स्थानको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने

    ४० स्थानको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । दुर्गम र हिमाली क्षेत्रका ४० वटा मतदान स्थलको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ ।

    मतदानपछि ४० मतदान स्थलबाट मतपेटिका हेलिकप्टरमार्फत गणना स्थलसम्म ढुवानी गरिने गृहसचिव विनोदप्रकाश सिंहले बताएका हुन् ।



    शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सचिव सिंहले भने,-‘४० स्थानका मतपेटिका हेलिकप्टरको प्रयोग गरेर गणना स्थलसम्म ल्याउने तयारी गरेका छौं ।’



    सवारी साधन चल्ने ठाउँका मतपेटिका भाडामा लिएको गाडीमा राखेर नेपाली सेना र सशस्त्र प्रहरीले स्कर्टिङ गरेर गणना स्थलसम्म ल्याउने छन् ।

    मतपेटिका ढुवानी गर्दा सुरक्षा निकायका सवारी सधान प्रयोग नगर्नेगरी निर्देशिका तयार गरिएको गृह सचिव सिंहले बताए ।

    मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता छन् ।

    देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार