Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अर्थमन्त्री खतिवडामाथि भ्रष्टाचारकाे आरोप, संसदमै मागियाे राजिनामा

    अर्थमन्त्री खतिवडामाथि भ्रष्टाचारकाे आरोप, संसदमै मागियाे राजिनामा

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं। संसदमा अर्थमन्त्री डा.युवराज खतिवडामाथि नीतिगत भ्रष्टाचार गरेको आरोप लागेकाे छ। बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको भन्दै उनको संसदमै राजिनामा समेत माग गरिएकाे छ।

    नेमकिपाका सांसद प्रेम सुवालले उनको राजिनामा माग गरेका हुन् । नेकपाकै सांसदहरुले समेत खतिवडाको आलोचना गरेका छन् । भिम रावल, नवीना लामा लगायतले समेत समेत केही दिनअघि खतिवडाको चर्काे आलोचना गरेका थिए ।



    बिशाल ग्रुपलाई फाइदा हुने गरी भन्सार दररेटमा बजेटमा हेरफेर गरेको आरोप मन्त्री खतिवडालाई छ । जवाफमा अर्थमन्त्री खतिवडाले बिद्युतीय गाडीमा लगाइएको करबारे छलफल गर्न सकिने बताएका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार