Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतभक्त निधीले भने–नेपालमा चिनियाँ सेना झार्ने षड्यन्त्र हुँदै छ

    भारतभक्त निधीले भने–नेपालमा चिनियाँ सेना झार्ने षड्यन्त्र हुँदै छ

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 5.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालको भुभाग भारतले मिच्दा समेत चुपचाप बसिरहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले अहिले मुख खोलेका छन् ।

    वर्तमान केपी शमार्म ओली नेतृत्वको सरकारले नयाँ नक्साको राजनीति गरेर जनताको आँखामा छारो हाल्न खोजेको समेत आरोप लगाए ।



    कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा स्वास्थ्य सहयोगको नाममा नेपालमा चिनियाँ सेना झार्ने तयारी भइरहेको आरोप लगाउँदै उपसभापति निधीले उक्त कार्य लोकतन्त्रको लागि सबैभन्दा खतरा भएको बताए ।



    नेपाल प्रेस युनियनले आयोजना गरेको एक डिजीटल संवाद कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधीले भने–‘कोरोना महामारीका कारण संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारका नाममा सरकारले चिनियाँ सेना झार्ने तयारी गरेको छ ।’

    वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शासन सत्ता चलाउने नैतिक अधिकार गुमाएको बताउँदै उपसभापति निधीले कोरोना महामारी बढ्दै जाँदा सरकार देशभित्रै पनि सेना परिचालन गर्ने र छिमेकी देश चीनबाट पनि सेना प्रवेश गराउने काममा लागेको भन्दै आक्रोश पोखे ।

    स्वास्थ्य सहयोगीका नाममा आउने २ हजार जनाको चिनियाँ टोलीमा ५ सय जना स्वास्थ्यकर्मी भएपनि बाँकी १५ सय चिनियाँ जनमुक्ती सेनाको टोली आउन थालेको निधीको दावी छ ।

    उपसभापति निधीले महामारीका बेला सेना परिचालन गरेर सरकार लोकतान्त्रिक अधिकारहरु कुण्ठित गर्नेतर्फ अग्रसर भइरहेको भन्दै उनले उक्त कार्य लोकतन्त्रको लागि सबैभन्दा खतरा भएको दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार