Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गगन थापाले भने- कोरोना नियन्त्रण उच्चस्तरीय समितिलाई कांग्रेसले चिन्दैन

    गगन थापाले भने- कोरोना नियन्त्रण उच्चस्तरीय समितिलाई कांग्रेसले चिन्दैन

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको अहंकारका कारण कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी रोक्न समस्या भएको बताएको छ । सरकारको अकर्मन्यता र असक्षमताका कारण कारोना महामारीको अवस्था आएको भन्दै उसले चर्को आलोचना भएको छ ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले नेपालभन्दा बाहिर १२७ जना र नेपालभित्र १४ जनाको मृत्यु भइसक्दा पनि सरकार गम्भीर नभएको बताए ।



    उनले क्वारेन्टाइनमा मानिसहरु मरिरहेको भन्दै क्वारेन्टाइनलाई मानिस मार्ने कन्सेन्ट्रेसन क्याम्पको संज्ञा दिए। उनले ब्यंग्य गर्दै अहिलेको अबस्थाबाट अघि बढ्ने भए टेष्ट नगरेरै कोरोना फ्रि भन्न सरकारलाई सुझाए।



    आरडीटी परीक्षणको काम नभएको भन्ने सल्लाह नमानेर सरकारले आरडीटी जवरजस्ती गरिरहेको थापाको आरोप छ। आफ्ना गल्ती लुकाउन कर्मचारीको अनियमित सरुवा गरिएकोमा उनले आपत्ति जनाए।

    उनले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई कांग्रेसले नचिन्ने बताए। उच्चस्तरीयका तर्फबाट संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संसदमा जवाफ दिनुपर्ने थापाको माग छ।

    उनको जवाफले चित्त नबुझे प्रधानमन्त्री केपी ओलीले नै संसदमा जवाफ दिनुपर्ने थापाले माग गरे। कांग्रेस अब सरकारलाई सहयोग गरेर मात्रै नबस्ने भन्दै सरकारलाई जसरी पनि जवाफदेही बनाउने चेतावनी दिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार