Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • न्युरोडमा पसल बन्द गराउन खोज्दा प्रहरी र व्यवसायीबीच घम्साघम्सी

    न्युरोडमा पसल बन्द गराउन खोज्दा प्रहरी र व्यवसायीबीच घम्साघम्सी

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । लकडाउनका बेला आफूखुसी पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ ।

    आज बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको थियो ।



    सरकारले चैत ११ गतेदेखि नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि लकडमउन गरिरहेको छ । लकडाउनको अवधि यहि जेठ ३२ गते सकिदैछ ।



    लकडाउन लम्बिदै गएपछि ब्यवसायीले लकडाउनको उल्लंघन गर्दै आफूखुसी पसल खोलिरहेका छन् ।

    सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले जेठ २२ गतेबाट बिहान ११ बजेसम्म सबै पसलहरु खोलेका थिए ।

    प्रहरीले आजबाट व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको छ । न्यूरोड क्षेत्रमा प्रहरीले हस्तक्षेप गरेपछि उपत्यकाका अन्य स्थानमा भने पसलहरु खुलिरहेका छन् ।

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।

    स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो ।

    तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    तनावपछि व्यापारी र प्रहरीबीच भएको छलफलका क्रममा दुई दिनसम्म पसल बन्द गर्ने र त्यसपछि समझदारीका आधारमा अघि बढ्ने सहमति भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार