Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कोरोना भाइरस झन् खराब हुँदै गइरहेको भन्दै डब्लूएचओले दियो चेतावनी

    कोरोना भाइरस झन् खराब हुँदै गइरहेको भन्दै डब्लूएचओले दियो चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    एजेन्सी ।  कोरोना भाइरस (कोभिड -१९ )संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार १४७ जनाको मृत्यु भएको छ ।

    योसँगै मृतकको संख्या ४ लाख ८ हजार ६०९ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा मंगलबार बिहानसम्म १ लाख ७९ हजार ३६० जनाको मृत्यु भएको छ ।



    पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ३५७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७१ लाख ९३ हजार ३१५ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यो महामारी झन् खराब हुँदै गइरहेको बताएको छ । डब्लूएचओका प्रमुख टेड्रोस एदनहोम गेब्रेयासिसका अनुसार संक्रमित र मृत्‍यु हुने संख्या बढ्न थालेपछि अझै केही देशले राहतको सास फेर्न पाएका छैनन् ।



    सोमबार कोरोना भाइरस बारे गरेको पत्रकार सम्मेलनमा बोल्दै टेड्रोसले भनेका छन् कि १० दिन यता आएको एक लाख संक्रमितको संख्याले झन् चिन्ता बढाएको छ ।

    उनले आइतबार आएका ७५ प्रतिशत घटना १० देशको मात्र भएको र यसमा अमेरिका र दक्षिण एशिया सामेल भएको बताएका छन् ।

    टेड्रोसले यसका साथसाथै केही देशबाट आएको सकारात्मक संकेतका कारण भाइरसमाथि जित हासिल गर्न प्रोत्साहित गरेको पनि बताएका छन् । ‘विभिन्न अध्ययनले अहिले पनि विश्वमा मानिसहरु संक्रमित हुने क्रम बढिरहेको देखाएको छ,’ उनले भनेका छन्, ‘कोरोना भाइरस झन् खराब हुँदै गइरहेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार