Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विप्लव नेकपाले लियो भोजपुर विस्फोटको जिम्मा

    विप्लव नेकपाले लियो भोजपुर विस्फोटको जिम्मा

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 1.1K
    SHARES

    भोजपुर । भोजपुरमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

    जिल्लाको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा भएको विस्फोट जिम्मा विप्लवले लिएको हो । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको विप्लवले जनाएको छ ।



    तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी एकजना घाइते भएका छन् । भोजपुरकै अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् ।



    श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले जनाएको छ ।

    उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको छ । सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार