Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ८.५० प्रतिशतले बढ्यो मूल्यवृद्धि, कुन-कुन समूहमा कति ?

    ८.५० प्रतिशतले बढ्यो मूल्यवृद्धि, कुन-कुन समूहमा कति ?

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । असोज महिनामा ८.५० प्रतिशतले मूल्यवृद्धि बढेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो ।



    असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ ।



    खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटेल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दूग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

    गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यमा १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुको ७.६८ प्रतिशत रहेको छ ।

    मूल्यवृद्धि तराईमा सबैभन्दा बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार