विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोरङ पुगेर कांग्रेस नेता डा. शेखर कोइराला नभएको भए १२ बुँदे सम्झौता हुनेमा शंका रहेको बताएका छन् ।
मोरङ ६ (१) सुन्दरहरैंचा ७ को गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा प्रचण्डले शेखर कोइरालाको सक्रियताका कारण १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता सम्भव भएको बताएका हुन् ।
प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए ।
डाक्टर शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताउँदै प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल समेत गरेका छन् ।
Leave a Reply