Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै

    रेल मार्गको सर्भे रिपोर्ट चार महिनाभित्रै

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भारतीय कम्पनी कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्भेको काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ । कर्पोरेसनले गत वर्षदेखि काठमाडौं-रक्सौल रेलमार्गको सर्भे अध्ययन गरिरहेको छ ।

    २०७८ साल असोज २२ गते नेपाल र भारतका उच्च अधिकारीबीच रक्सौल( काठमाडौँ रेलमार्गको फाइनल लोकेशन सर्वे भारतीय पक्षले गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।



    यस अघि २०७७ साल फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं-रक्सौल ब्रोडगेज रेलमार्ग निर्माणका लागि आवश्यक काम अघि बढाउन नेपाल र भारत सरकारबीच हुने समझदारीपत्र स्वीकृत गरेको थियो । सोही अनुसार असोजमा सम्झौता भएको हो ।



    रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले कोंकण रेल्वे कर्पोरेसनले रक्सौल-काठमाडौँ रेलमार्गको भारतीय कम्पनीले फिल्ड सर्भेको काम सकेर रिपोर्टलाई अन्तिम रूप दिने काम गरिरहेको बताए ।

    ‘भारतीय कम्पनीलाई रेलमार्गको फिल्ड सर्भे र अन्तिम रिपोर्ट तयार पार्न १८ महिनाको समयसीमा तोकिएको थियो,’ उनले भने ‘सम्भवतः अबको चार महिनाभित्र कर्पोरेसनले प्रतिवेदन बुझाउनेछ ।’ नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार