एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई दिल्लीको पटियाला हाउस कोर्टले जमानत दिएको छ ।
एडिशनल सेशन न्यायाधीश शैलेन्द्र मलिकले ज्याकलिनलाई २०० करोड भारुको सम्पत्ति शुद्धीकरण मुद्दामा २ लाख रुपैयाँ धरौटीमा जमानत दिएका हुन् ।
तर प्रवर्तन निर्देशनालय (ईडी)ले चाहिं जमानत दिने अदालतको आदेशप्रति आशंका व्यक्त गर्दै ज्याकलिनले देश छाडेर भाग्न सक्ने बताएको छ ।
यो मुद्दामा दिल्लीको पाटियाला हाउस अदालतमा सुनुवाइ भइरहेको थियो । यसकै सिलसिलामा ज्याकलिन अदालत आउजाउ गरिरहेकी थिइन् । सुनुवाइको लागि उनी लगातार वकिलकै पहिरनमा अदालतमा पुगिरहेकी थिइन् ।
सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारु प्रकरणमा ईडीले ज्याकलिनविरुद्ध मुद्दा दायर गरेको थियो । सुकेशले ज्याकलिनलाई महंगा उपहार पनि दिएका थिए ।
Leave a Reply