Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वास्थ्यकर्मीको नक्कली कार्ड झुन्डाएर लागुऔषधकाे काराेबार

    स्वास्थ्यकर्मीको नक्कली कार्ड झुन्डाएर लागुऔषधकाे काराेबार

    अनलाइन नेपाल
  • मंगलबार, २७ जेष्ठ २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    सप्तरी । स्वास्थ्यकर्मीको नक्कली कार्ड बोकेर लागुऔषधकाे काराेबारमा संलग्न एक जनालाई प्रहरीले साेमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका २२ वर्षीय अनीलकुमार मण्डललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

    ल्याब असिस्टेन्टको नक्कली परिचयपत्र बोकेकाे अवस्थामा उनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।



    स्वास्थ्यकर्मी लेखिएको बा. ६७ प ४८५३ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई चामलको बोरामा लागूऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले बताए ।



    चेकजाँच गर्दा मण्डललाई सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाबाट पक्राउ गरिएको उनले बताए । चामलको बोराभित्र स्पास्मो प्रोक्सिभन प्लस ३ हजार १ सय ६८ क्याप्सुल र एक सय मिलिलिटरको २८ बोतल डाइलेक्स डिसी बराममद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार