Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • निर्वाचनअघि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी छैन : प्रवक्ता महत

    निर्वाचनअघि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी छैन : प्रवक्ता महत

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 837
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनअघि प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने बताएका छन् ।

    कांग्रेस महामन्त्री गगन थापालगायत केही नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेको सन्दर्भमा महतले यस्तो जवाफ दिएका हुन् ।



    महतले कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको बताए। महतले भने, ‘अहिले प्रधानमन्त्री वा दलको नेताका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता म ठान्दिनँ ।’



    उनले कुनै नेताले त्यसरी आफूलाई प्रस्तुत गरेपनि त्यसले पार्टीको पक्षमा माहौल नबन्ने र पार्टीको हित हुने पनि आफूले नदेखेको बताए।

    महतले पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थकको ध्यान अहिले कसरी बढीभन्दा बढी पार्टीका उम्मेदवारहरूलाई जिताउने र गठबन्धनका उम्मेदवारहरूलाई जिताउने भन्ने नै रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार