Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवलपरासी पुगेर प्रधानमन्त्री देउवाले भने – जनताले दिएको अभिमत पूर्ण पालना गर्छौं

    नवलपरासी पुगेर प्रधानमन्त्री देउवाले भने – जनताले दिएको अभिमत पूर्ण पालना गर्छौं

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 783
    SHARES

    नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    उनले जनताले दिएको अभिमत पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे। ओलीले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको देउवाले बताए ।



    देउवाले जनताले नेकपा एमालेलाई दिएको अभिमत केपी शर्मा ओलीले बीचमै घाँटी निमोठेको भन्दै अब लोकतान्त्रिक

    गठबन्धनलाई अत्यधिक वहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार