काठमाडौं । अमेरिकी द भोइसमा परिजिता बाँस्तोलाले भावुक गीत प्रस्तुत गरेपछि चारै प्रशिक्षकले उभिएर स्वागत गरेका छन् ।
भोइससको २२ औ संस्करणमा सोमबार, नोभेम्बर १४ का दिन राती ८ बजे सुरु भएको १६ प्रतिस्पर्धीमध्ये १७ वर्षीया पारिजिता बाँस्तोलाको प्रस्तुती टोलीमध्येकै सर्वोत्कृष्ट भएको छ ।
एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता शीर्ष १६ मा परेकी छिन भने आज बिहान ७ बजे सम्म प्राप्त गरेको मतबाट मंगलबार राति सम्म शीर्ष १३ मा पुग्ने वा नपुग्ने फैसला हुनेछ ।
उनले सुरुदेखि नै नेपाली पोशाक मै आफ्नो प्रस्तुति गर्दै आएकी छिन भने आज पनि चौथो पटक पनि उनले नेपाली पोशाक मै प्रस्तुति दिएकी छन् ।
परिजिताले भाबुक गीत छनौट गरि अद्वितीय प्रस्तुति गरेकी छन् । परिजिताको भाबुक गीतको प्रदर्शनले प्रशिक्षकहरूबाट उत्तिकै प्रशंसा पाएको छ ।
पारिजिताले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” को भावनात्मक प्रस्तुतिमा चारै प्रशिक्षकहरूबाट पहिलो स्ट्यान्डिङ ओभेशन पाएकी थिइन्।
Leave a Reply