काठमाडौं । विश्वको जनसंख्या आठ अर्ब नाघेको छ । सात अर्बको कोसेढुङ्गा पार गरेको ११ वर्षपछि मात्रै विश्वको जनसंख्या आठ अर्ब आठ अर्ब नाघेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
नौ अर्ब पुग्न १५ वर्ष लाग्न सक्ने र सन् २०८० सम्ममा १० अर्ब नपुग्ने राष्ट्रसंघले जनाएको छ ।
यद्यपी अर्बौं मानिस जीविकोपार्जनका लागि संघर्षरत रहेको र करोडौंले भोकमरीको सामना गरिरहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले बताएका छन् ।
विश्वव्यापी धनी र पिछडिएका बीचको खाडललाई कम नगरेसम्म विश्व समुदाय संकट र द्वन्द्वबाट मुक्त हुन नसक्ने उनको भनाई छ ।
Leave a Reply