Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रुसी कब्जाबाट फिर्ता लिन सफल खेर्सोन सहरको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे भ्रमण

    रुसी कब्जाबाट फिर्ता लिन सफल खेर्सोन सहरको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे भ्रमण

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 864
    SHARES

    किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खेर्सोन सहरको भ्रमण गरेका छन् । केही दिनअघि मात्रै युक्रेनी फौजले रुसी कब्जाबाट फिर्ता लिन सफल खेर्सोन सहरको भ्रमण गरेका हुन् ।

    त्यहाँ फौजसँग कुरा गर्दै उनले युक्रेन ‘अघि बढिरहेको’ र शान्तिका लागि तयार रहेको बताएका छन् ।



    युद्धको सुरुतिरै कब्जा गरिएको खेर्सोनलाई यसरी गुमाउनु रुसको लागि ठूलै धक्का हो । यद्यपि, मस्कोले अझै खेर्सोन रुसी भूभाग नै रहेको अडान लिने गरेको छ ।



    रुसले यसलाई अवैध रूपमा कब्जा गरिएको खेर्सोन क्षेत्रको प्रशासकीय केन्द्र घोषणा गरेको थियो भने उसले कब्जा गरेको यो एकमात्र क्षेत्रीय राजधानी थियो ।

    युक्रेनमाथि हमला सुरु गरेको केही सातापछि नै गत मार्चमा रुसी फौजले खेर्सोन कब्जा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार