काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण भारत बाहेक विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको सूची तयार पारेको छ ।
परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएका विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।
मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।
मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।
उद्धार गर्नुपर्नेहरुको सूची
Leave a Reply